काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ चयन भएका छन् ।
विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ चयन भएका हुन् ।
एशोसियसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेको छ ।
महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका सीईओ राम कुमार गिरी सचिव र लुम्बिनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा कोषाध्यमा चयन भएका हुन् ।
यस्तै, एशोसिएसनको कार्यकारी सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सीईओ डा.इन्द्र कट्टेल चयन भएका हुन् ।