प्रभु बैंकले सीजी मोटर्सको विद्युतिय गाडी किन्न सजिलै कर्जा दिने 

<p>काठमाडाैं । प्रभु बैंक र सी.ज मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सीजी मोटर्सबाट ग्राहकहरुले नेटा भी ब्राण्डका विद्युतिय गाडी खरिद गर्दा छिटो, छरितो र [&hellip;]</p>

काठमाडाैं । प्रभु बैंक र सी.ज मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सीजी मोटर्सबाट ग्राहकहरुले नेटा भी ब्राण्डका विद्युतिय गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

Share News