काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरु सन्जीव भक्त श्रेष्ठको १५ हजार ६८ कित्ता र सौरभ कृष्ण मल्लको ७१ हजार २६५ कित्ता गरी कूल ८६ हजार ३३३ कित्ता बिक्रीमा राखेको हो ।
बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ ।
बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।