प्रभु बैंकको सेयर दोस्रो बजारभन्दा २० रुपैयाँ महँगो

<p>काठमाडौं । प्रभु बैंकले दोस्रो बजारभन्दा महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्रीमा राखेको हो । नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १०५ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिहीबार बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२५ [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले दोस्रो बजारभन्दा महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १०५ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिहीबार बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता २० रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु संजय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता, श्रवण कुमार अग्रवाल र राजेश कुमार अग्रवालको समान ५९ हजार ७५९ कित्ता, भोज कुमार सिटौलाको ३३ हजार १८ कित्ता, सचित्र मान शाक्यको ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यको ८६ हजार ४६८ कित्ता र विनिता अधिकारीको २ लाख कित्ता गरी कूल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२५ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Share News