
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति प्रकाउ गरेको छ ।
कार्यालयले धादिङको गङ्गा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको हो ।
उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार पीडितलाई बिगो भराइ ३६ लाख ८८ हजार जरिवाना, एक लाख ४७ हजार क्षतिपूर्ति शुल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।