कतारबाट ‘आइएमई पे’मा पैसा पठाउँदा ४५ जनाले सुनदेखि आइफोनसम्म जित्ने

<p>काठमाडौं । ‘आइएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारले &#8216;सेन्ड मनी अन्लाईन एन्ड विन बिग&#8217; क्याम्पेनकाे लागि प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । यस क्याम्पियन अन्तर्गत सेवाग्राहीहरूले युनिमनि कतार मोबाइल एप वा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा आकर्षक उपहार जित्नेछन् । &#8216;आइएमई  पे&#8217;काे अनुसार क्याम्पेनमा १० जना विजेताले आइफोन १४ [&hellip;]</p>

काठमाडौं । ‘आइएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारले ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनकाे लागि प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

यस क्याम्पियन अन्तर्गत सेवाग्राहीहरूले युनिमनि कतार मोबाइल एप वा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा आकर्षक उपहार जित्नेछन् ।

‘आइएमई  पे’काे अनुसार क्याम्पेनमा १० जना विजेताले आइफोन १४ प्रो म्याक्स, ५ जना विजेताले सामसुङ ए २२ अल्ट्रा र ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।

सोही क्याम्पेनको अवधि चैत १ गतेदेखि जेठ १ गतेसम्म जम्मा ६२ दिनका लागि लागु हुने कम्पनीले जनाएकाे छ । उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पेवालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।

 

Share News