काठमाडौं । कास्कीको पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले फागुन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस क्षेत्रको ठूलो सहकारीका रुपमा परिचित पोखरा रोयल सहकारीको वित्तीय विवरण स्वस्थ नै देखिन्छ । यो सहकारी अधिकतम तरलता हुने सहकारी संस्थामा पनि पर्छ ।
कुल २१ करोड ३ लाख ९९ हजार रुपैयाँ सेयर पुँजी रहेको यो सहकारीले फागुन मसान्तसम्म कुल १ अर्ब ६५ करोड ७३ लाख ९९ हजार रुपैयाँ बचत संकलन गरेको छ भने १ अर्ब ७८ करोड ६३ लाख ९५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको जगेडा कोषमा १५ करोड ७३ लाख २५ हजार रुपैयाँ छ ।
२४.१३ प्रतिशत तरलता रकम रहेको यस सहकारीको गत माघमा भने २४.८० तरलता अनुपात थियो । माघ महिनाको तुलनामा यस सहकारीको केही बचत पनि घटेको छ ।
यस सहकारीसँग फागुन मसान्तसम्म ३९ करोड ९९ लाख ४१ हजार रुपैयाँ तरलता सम्पत्ति छ । माघ महिनासम्म कुल ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ तरलता सम्पत्ति थियो । कुल ८ हजार ७८७ जना सेयर सदस्य रहेको यस सहकारीले १ हजार ५०७ जना सदस्यलाई ऋण दिएको छ ।