महालक्ष्मी विकास बैंकद्वारा स्कुल, मन्दिर र पार्कलाई सहयोग

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंककाे पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेकाे छ । विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको जनाएकाे [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेकाे छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंककाे पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेकाे छ । विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको जनाएकाे छ ।

त्यसैगरी बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरेकाे छ । मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरी सवारी साधन पार्किङ्ग गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको जनाएकाे छ ।

यस्तै, बैंककाे पुतलिसडक शाखाले काठमाडौं महानगरपालिका वडा नं २८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेकाे छ । 

 

Share News