अब मन्त्री र कर्मचारीले अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने

<p>काठमाडौं । अब मन्त्रीहरुले अतिआवश्यक अवस्था परेकाे अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीसँगसँगै अन्य उच्च पदस्थ कर्मचारीकाे हकम पनि याे लागु हुने बैठककाे निर्णय छ । बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु एवं [&hellip;]</p>

काठमाडौं । अब मन्त्रीहरुले अतिआवश्यक अवस्था परेकाे अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीसँगसँगै अन्य उच्च पदस्थ कर्मचारीकाे हकम पनि याे लागु हुने बैठककाे निर्णय छ ।

बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु एवं अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै, यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने बैठकले निर्णय गरेका छ ।

बैठकले कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने पनि बैठककाे निर्णय छ ।

बैठकले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारणलाइन निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने, रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

Share News