कुमारी बैंकले ल्यायो पैसा डबल हुने मुद्दती खाता, बीमाको सुविधा पनि

<p>काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन हुनेछ । बैंकले कुमारी जीवन बीमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन हुनेछ ।

बैंकले कुमारी जीवन बीमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जानकारी दिएकाे छ । सो योजना अन्तर्गत मुद्दती रकम बराबरको अवधिक जीवन बीमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने बताइएकाे छ ।

बैंककाे अनुसार यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युनतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस याेजनामा ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले बताएकाे छ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ ।

कुमारी बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

Share News