भरतपुर नागरिक उड्डयनले साढे ६ करोडमा भवन भाडामा दिँदै

<p>काठमाडौं । नेपाल नगरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको भरतपुर नागरिक उड्डयन कार्यालयले भवन भाडामा दिने भएको छ । कार्यालयको व्यापारिक भवन ५ वर्षका लागि भाडामा लगाउने भएको हो । भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिस कोठाको ९८८.२८ वर्गमिटर क्षेत्रफलमा रहेको व्यापारिक भवन भाडामा लगाउने कार्यालयले जनाएको छ । उक्त भवन भाडामा लिन इच्छुक फर्म तथा कम्पनीहरुले [&hellip;]</p>

काठमाडौं । नेपाल नगरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको भरतपुर नागरिक उड्डयन कार्यालयले भवन भाडामा दिने भएको छ । कार्यालयको व्यापारिक भवन ५ वर्षका लागि भाडामा लगाउने भएको हो ।

भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिस कोठाको ९८८.२८ वर्गमिटर क्षेत्रफलमा रहेको व्यापारिक भवन भाडामा लगाउने कार्यालयले जनाएको छ । उक्त भवन भाडामा लिन इच्छुक फर्म तथा कम्पनीहरुले चैत ३० गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

कार्यालयले उक्त भवन ५ वर्षका लागि भाडामा लिने भएको हो । ५ वर्ष अवधिमा न्यूनतम ६ करोड ४३ लाख २० हजार रुपैयाँ तोकिएको छ । साथै, दोस्रो वर्षदेखि कुल ठेक्का रकममा कार्य सम्पन्न भएको वर्षको रकम घटाएर बाँकी रकम राष्ट्र बैंकको मूल्यवृद्धि सूचकाङ्क अनूसार थप गरी दोस्रो पक्षले किस्ता रकम बूझाउनू पर्नेछ ।

बोलपत्र वापत ३२ लाख १६ हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।

Share News