सोनामाको विन्टर सेल सुरु, ७० प्रतिशतसम्म छुट

<p>काठमाडौं । व्यक्तिगत प्रयोजन तथा  ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ । फागुन २६ गतेबाट सुरु भएको यस योजना देखि चैत्र १७ गतेसम्म लागु हुने कम्पनीले बताएको छ । कम्पनीको अनुसार यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका [&hellip;]</p>

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा  ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ ।

फागुन २६ गतेबाट सुरु भएको यस योजना देखि चैत्र १७ गतेसम्म लागु हुने कम्पनीले बताएको छ । कम्पनीको अनुसार यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

सोनमका सोरुम राजधानी उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि रहेको छ ।

Share News