माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

<p>काठमाडाैं । माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहकले सेलवेज क्यास एण्ड क्यारीसँग आवद्ध सेल्सबेरी एण्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा [&hellip;]</p>

काठमाडाैं । माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकले सेलवेज क्यास एण्ड क्यारीसँग आवद्ध सेल्सबेरी एण्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएसमार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन् ।

यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि मनडे म्याडनेस योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा इकमर्शबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ सम्म छुट पाइनेछ ।

यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News