सानिमा नारी बचत खाता खोल्दा निःशुल्क डेबिट कार्डका साथै क्यासब्याक पनि

<p>काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा &#8216;बचत र क्यासब्याक सँगसँगै&#8217; योजना सार्वजनिक गरेको छ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ बैंकले जनाएको छ । बैंकको अनुसार उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ । यसका साथै उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ ।

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ बैंकले जनाएको छ । बैंकको अनुसार उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ ।

यसका साथै उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपेयाँसम्मको क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ । यो क्यासब्याक योजना चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुने बैंकल जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु संचालनमा रहेका छन् ।

Share News