काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।
प्रचण्डले ३ वर्षअघि सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने दिएको अभिव्यक्तिलाई लिएर छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए ।
दाहालविरुद्धको रिटको पेसी बुधबारका लागि तोकिएको छ ।