काठमाडौं । गहुेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । फाइनान्सबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने फाइनान्सले जनाएको छ । फाइनान्समा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न फाइनान्सले आग्रह गरेको छ ।
ऋणी रविन्द्र सिंह केसीले लिएको ऋण वापत राखिएको धितो सवारी लिलामी गर्ने भएको हो । फाइनान्सले सन् २०१८ मा बनेको ना ८ ख २१४१ नम्बरको टाटा मोटर्सको सवारी बिक्रीमा राखिएको हो ।
यस्तै, फाइनान्सले ऋणी अश्विन केसीले कर्जा लिए वापत धितोमा राखेको बुटवल १३ बेलबास रुपन्देही स्थित कित्ता नम्बर ५१६२, ५१६५, ५१५९ को क्रमशः ०–०–८.२५, ०–०–४.५ र ०–०–३.७५ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।