सिवाइसी नेपाल र आँधिखोला लघुवित्तको फागुन ३० गतेदेखि एकीकृत कारोबार

<p>काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै लघुवित्तबीच मर्जर भई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै संस्थाहरुको छुट्टाछुट्टै साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । साथै, नेपाल राष्ट्र बैंकबाट पुस ७ [&hellip;]</p>

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै लघुवित्तबीच मर्जर भई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

दुवै संस्थाहरुको छुट्टाछुट्टै साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । साथै, नेपाल राष्ट्र बैंकबाट पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते एक आपसमा मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।

एकीकृत कारोबार प्रयोजनका लागि फागुन २८ गतेदेखि फागुन २९ गतेसम्म २ दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने जनाएको छ । मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोक कास्की साविक सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय कायम रहने छ ।

सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो ।

Share News