डिजेलको मूल्य १० रुपैयाँले घटाउन माग

<p>काठमाडौं । नेपाल उद्योग परिसंघले डिजेलको मूल्य १० रुपैयाँ घटाउन माग गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले डिजेलको मूल्य १० रुपैयाँले घटाउन माग राखेका हुन् । पछिल्लो समय डिजेलको मूल्य बढ्दा उत्पादनको पनि लागत बढेको र यसले असर उपभोक्तालाई पनि परेको कारण बताउँदै डिजेलको मूल्य घटाउन माग [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघले डिजेलको मूल्य १० रुपैयाँ घटाउन माग गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले डिजेलको मूल्य १० रुपैयाँले घटाउन माग राखेका हुन् ।

पछिल्लो समय डिजेलको मूल्य बढ्दा उत्पादनको पनि लागत बढेको र यसले असर उपभोक्तालाई पनि परेको कारण बताउँदै डिजेलको मूल्य घटाउन माग गरेको अध्यक्ष अग्रवालले विकासन्युजसँग बताए ।

जवाफमा प्रधानमन्त्री दाहालले उक्त विषयबारे अध्यन गरेर छिट्टै ठोस निर्णय लिने बताए ।

भारतले डिजेल र पेट्रोलको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमल भने मूल्य समायोजनका लागि यथावत राख्ने बताएको छ ।

Share News