नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर

<p>काठमाडौं । नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै रहेको छ । नेपाल मेडिकल काउन्सिलमा २०२२ डिसेम्बर अन्त्यसम्म दर्ता भएका चिकित्सा पेसाको संख्याले नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै देखिएको हो । तथ्यांकअनुसार २०२२ को ३१ डिसेम्बर सम्म काउन्सिलमा एमबिबिएस गरेका २७ हजार आठ ८०५ जना चिकित्सक दर्ता भएका छन् [&hellip;]</p>

काठमाडौं । नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै रहेको छ । नेपाल मेडिकल काउन्सिलमा २०२२ डिसेम्बर अन्त्यसम्म दर्ता भएका चिकित्सा पेसाको संख्याले नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै देखिएको हो ।

तथ्यांकअनुसार २०२२ को ३१ डिसेम्बर सम्म काउन्सिलमा एमबिबिएस गरेका २७ हजार आठ ८०५ जना चिकित्सक दर्ता भएका छन् । जसमध्ये १८ हजार ५२० जना पुरुष र नौ हजार २८५ जना महिला चिकित्सक दर्ता भएका छन् ।

त्यस्तै, काउन्सिलमा सोही समयसम्म विशेषज्ञ चिकित्सकहरु १० हजार ८० जना दर्ता भएका छन् । जसमध्ये एमडी÷एमएस गरेका पुरुष चिकित्सक ६ हजार सात सय १४ जना र दुई हजार ६२५ जना महिला चिकित्सक रहेका छन् । त्यस्तै, एमडीएस गरेका तीन सय ९६ जना पुरुष चिकित्सक र तीन सय ४५ जना महिला चिकित्सक रहेको काउन्सिलको तथ्यांकले देखाएको छ ।

Share News