सुनचाँदीमा कोटा नहटाए व्यवसाय चलाउन सकिँदैन : महासंघ

<p>काठमाडौं । दैनिक १० किलो मात्रै कच्चा सुन आयातले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठिन भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा सिजनको [&hellip;]</p>

काठमाडौं । दैनिक १० किलो मात्रै कच्चा सुन आयातले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठिन भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा झण्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुने गरेको बताए ।

‘केही वर्ष पछि छोराको विवाह गर्छु, आझै ५/७ तोला कच्चा सुन किनेर राख्छु भन्दा दिन सक्ने अवस्था छैन, बरु गहना बनाएर दिन सकिन्छ,’ उनले भने ‘अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन सकिँदैन । ‘

विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भएपनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।

महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्ष हुन जरुरी रहेको बताएको छ ।

नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताएको छ ।

Share News