
फाइल फाेटाे
काठमाडौं । अध्यागमन विभागको वेवसाइटमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । सोमबार दिउँसो विभागको साइटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोकिएको हो ।
अध्यागमनको वेवासाइटमा समस्या आउँदा भिसा जारी नहुँदा उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमनको सर्भर करिब डेढ घण्टादेखि डाउन हुँदा प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही प्रभावित भएको छ
प्राविधिकहरूले समस्या समाधानको लागि काम गरिरहेको भएपनि समस्या समाधान हुन नसकेको अध्यागमन कार्यालयले जनाएको छ ।
पछिल्लो समय विमानस्थलमा सर्भर डाउन हुने समस्या आइरहेको छ । यस्तो संवेदनशील स्थानमा पनि सरकारले तदारुकताका साथ काम गर्न नसक्दा यात्रुहरू मारमा परिरहेका छन् ।
यसअघि गत माघ १४ र १५ गते अध्यागमन विभाग सहित सबै सरकारी कार्यालयको वेवसाइट ह्याक भएको थियो ।