नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, ११.५० प्रतिशत वार्षिक ब्याजदर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । ५ वर्ष अविधको यो बचतपत्र राष्ट्र बैंकले बुधबारबाट ल्याउँदैछ । दुई अर्ब ५० करोड बराबरको आकार रहेको यस बचतपत्रको वार्षिक ब्याजदर ११.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । ५ वर्ष अविधको यो बचतपत्र राष्ट्र बैंकले बुधबारबाट ल्याउँदैछ ।

दुई अर्ब ५० करोड बराबरको आकार रहेको यस बचतपत्रको वार्षिक ब्याजदर ११.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

Share News