एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको संचालक समितीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश मारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो । एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश मारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।

उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

 

Share News