काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) फाइनान्स क्लबले ‘संस्थागत सुशासन संयन्त्र स्थापनामा सरोकारवालाहरूको भूमिका’ नामक प्यानल सञ्चालन गरेको छ । उक्त प्यानलमा विभिन्न क्षेत्रका विज्ञहरु रहेका थिए ।
मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ, एनआईबीएल एस क्यापिटलका कर्पोरेट एडभाइजरी प्रमुख भुवनराज पन्त र कुसुमका एसोसिएट प्रोफेसर रोशी लामिछाने उक्त प्यानलमा थिए ।
प्यानल छलफलको संचालन आर्थिक पत्रकार समाज नेपाल (सेजन)का प्रमुख कार्यकारी अधिकृत अश्विन पराजुलीले गरेका थिए । उक्त छलफलमा फाइनान्समा उत्सुक रहेका बीबीएमदेखि एमबीएसम्मका १०० भन्दा बढी विद्यार्थीहरुको सहभागी थियो ।
छलफलमा पारदर्शिता र खुलासादेखि लिएर नियामक स्यान्डबक्स सिद्धान्त, बोर्ड संरचना र स्वतन्त्र निर्देशक, सेयरधनीहरूको अधिकार र ह्वाइटलब्लोइङ संयन्त्र र नेपालको पुँजीबजार र विभिन्न सार्वजनिक कम्पनीहरूको सन्दर्भमा एजेन्सी सिद्धान्तसम्मका विभिन्न विषयहरू समेटिएको थियो ।
छलफलमा कम्पनीको जारीकर्ता रेटिङ र लगानी र मर्चेन्ट बैंकिङ उद्योगमा संस्थागत सुशासन अभ्यासका विषयमा पनि छलफल भएको थियो । यस्तै,उक्त सेसन सबै सहभागीहरुलाई फलदायी रहेको बताइएको छ ।