एक महिनादेखि निलम्बनमा तीन क्यापटेन, तालिम लिएपछि मात्रै फुकुवा हुने

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले विगत एक महिनादेखि तीन जना पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमका २ र प्रभु हेलिकप्टरका १ गरी तीन जना पाइलटलाई गत माघ ५ गतेदेखि निलम्बन गरेको हो । क्यानले काठमाडौं-जापान उडानका क्रममा स्ट्याण्डर्ड अप्रेशनल प्रोस्युड्युल पालना नगरेको भन्दै निगमको एयरबस ३३० (वाइडबडी) जहाजका क्यापटेन [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले विगत एक महिनादेखि तीन जना पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमका २ र प्रभु हेलिकप्टरका १ गरी तीन जना पाइलटलाई गत माघ ५ गतेदेखि निलम्बन गरेको हो ।

क्यानले काठमाडौं-जापान उडानका क्रममा स्ट्याण्डर्ड अप्रेशनल प्रोस्युड्युल पालना नगरेको भन्दै निगमको एयरबस ३३० (वाइडबडी) जहाजका क्यापटेन प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गरेको थियो ।

क्यानले उनीहरुलाई तालिम लिएपछि मात्र उडान भर्न पाउने गरी निलम्बन फुकुवा गर्ने भएको छ । एउटा क्लास र सिमुलेटर तालिम लिएपछि मात्र उनीहरु नियमित रुपमा उडानमा जान पाउँछन् । एउटा क्लास तालिम नेपालमा नै हुने भएतापनि निगमले सिमुलेटर फ्लाइट भने विदेशमा मात्रै गर्ने गरेको छ ।

प्राधिकरणले एक साताअघि मात्र काठमाडौं-हङकङ उडानका क्रममा निगमको एयरबस ३२० (न्यारोवडी) जहाजका पाइटल उद्व घिमिरे र राजेश कुसवाहमाथि लगाईएको निलम्बन फुकुवा गरेको छ । गत जनवरी १४ मा काठमाडौं-हङकङ उडानका क्रममा निगमका दुई पाइटलले हङकङ विमानस्थल एटीसीको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको भन्दै प्राधिकरणले गाउन्डेड (रोक) लगाएको थियो । उनीहरुले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेको भन्दै उडानमा रोक लगाइएको थियो ।

जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । तर निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि क्यानले कारबाहीका लागि निगमलाई निर्देशन दिएको छ ।

प्रभुको जहाज उड्यो, पाइटल ग्राउण्डेड

अनुमतिबिना स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने क्यापटेन अझै निलम्बनमा रहेका छन् । गत माघ ५ गते प्रभु हेलिकप्टरले अनुमतिबिना खेल मैदानमा जहाज अवतरण गरेपछि क्यानले क्यापटेन रमेश डंगोललाई निलम्बन गरेको थियो ।

माघ ५ गते डंगोललाई निलम्बन गरेको क्यानले माघ १० गतेदेखि प्रभुका सम्पूर्ण जहाज ग्राउण्डेड गरेको थियो । केही समयपछि उडान सुरु गर्न अनुमति दिएको क्यानले १ महिनासम्म पाइटल डंगोलको निलम्बन फुकुवा गरेको छैन ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला उक्त घटनापछि पाइलट अस्वस्थ हुँदा निलम्बन कायम नै रहेको बताउँछन् । बिनाअनुमति होलिकप्टर अवतरण गर्दा उनलाई स्थानीयले कुटपिट गर्दा घाइते भएका थिए । उनको आँखामा लागेको चोट निको नहुँदा नियमित उडानमा फर्कन नसकेको प्राधिकरणले जनाएको छ ।

‘उहाँ अझै अस्वस्थ रहेको हामीलाई खबर आएको छ, स्वस्थ भएको रिपोर्ट लिएर आएपछि हामीले नियमित उडान सुरु गर्न अनुमति दिन्छौं,’ प्रवक्ता निरौलाले भने ।

Share News