गुण एयरको जहाज ग्राउण्डेड, आईतबारदेखि उडान गर्ने

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयर चार दिनदेखि ग्राउण्डेड भएको छ । ७ थान जेट स्ट्रीम विमानबाट आन्तरिक उडान गर्दै आएको गुणले जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको जनाएको छ । एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको बताउँछन् । ‘हाम्रो जहाजमा केही प्राविधिक समस्या देखियो, आवश्यक पास्र्टहरु विदेशबाट [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयर चार दिनदेखि ग्राउण्डेड भएको छ । ७ थान जेट स्ट्रीम विमानबाट आन्तरिक उडान गर्दै आएको गुणले जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको जनाएको छ ।

एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको बताउँछन् । ‘हाम्रो जहाजमा केही प्राविधिक समस्या देखियो, आवश्यक पास्र्टहरु विदेशबाट ल्याउनुपर्दा समय लागेको हो, पास्र्टहरु आउने क्रममा छन्, आईतबारदेखि नियमित उडान सुरु गर्ने हाम्रो तयारी छ’, उनले भने ।

उनले जहाजमा प्राविधिक समस्या आउनु र क्यापटेनहरुलाई तालिम दिनु एकै समयहुँदा सबै उडान रोकिन गएको बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले गुणको जहाजमा प्राविधिक समस्या आउँदा चार दिनदेखि उडान रोकिएको जनाएको छ ।
२०७८ को असोज देखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो ।

गुण एयरले हाल काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको थियो ।

गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।

Share News