घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

 

Share News