काठमाडौं । लुम्बिनी विकास बैंकको थप नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले फागुन ०३ गते थप एकवटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो ।
बैंकले ८९औँ शाखाको रुपमा काठमाण्डौं जिल्ला, तारकेश्वर नगरपालिका स्थित नेपालटार शाखाको सुरुवात गरेको छ । यस विकास बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कविराज बस्नेतले संयुक्त रुपमा गरे ।
उक्त कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिती थियो । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संचालन गरको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको आज थप एक नयाँ शाखाको उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।
यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।