माघमा बैंकहरुको १२ अर्ब कर्जा प्रवाह, २ दिनमा १४ अर्ब निक्षेप भित्र्याए

<p>काठमाडौं । वाणिज्य बैंकहरुले माघमा २५ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार माघमा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँ बढेर ४७ खर्ब १६ अर्ब रुपैयाँ संकलन गरेका हुन् । गत पुस मसान्तसम्म ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । २ दिनको अवधिमा भने १४ अर्ब [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले माघमा २५ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार माघमा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँ बढेर ४७ खर्ब १६ अर्ब रुपैयाँ संकलन गरेका हुन् । गत पुस मसान्तसम्म ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

२ दिनको अवधिमा भने १४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । माघ २७ गतेसम्म ४७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, २ दिनमा १४ अर्ब बढाएर ४७ खर्ब ४१ अर्ब पुर्याएका हुन् ।

साथै, माघमा बैंकहरुले १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघमा बैंकहरुले १२ अर्ब रुपैयाँ बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । साथै २ दिनको अवधिमा भने ३ अर्ब कर्जा बढाएका हुन् । माघ २७ गतेसम्म बैंकहरुको कर्जा ४२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो ।

Share News