किन पड्किन्छ ग्यास ? यसरी रहनुस् सुरक्षित

<p>काठमाडौं । बुधबार राति ग्यास पड्केर सासंद समेत रहेका काँग्रेसका नेता चन्द्रकान्त भण्डारी र उनकी आमा घाइते भए । घाइते भण्डारीलाई थप उपचारका लागि भारत लिने तयारी भइसकेको छ भने उनकी आमाको उपचारका क्रममा मृत्यु भइसकेको छ । हुन त यस्ता घटना विभिन्न समयमा हुने गरेका छन् । तर, देशकै प्रतिनिधिसभाका सांसद नै ग्यास पड्केर घाइते [&hellip;]</p>

काठमाडौं । बुधबार राति ग्यास पड्केर सासंद समेत रहेका काँग्रेसका नेता चन्द्रकान्त भण्डारी र उनकी आमा घाइते भए । घाइते भण्डारीलाई थप उपचारका लागि भारत लिने तयारी भइसकेको छ भने उनकी आमाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

हुन त यस्ता घटना विभिन्न समयमा हुने गरेका छन् । तर, देशकै प्रतिनिधिसभाका सांसद नै ग्यास पड्केर घाइते भएपछि देशव्यापी रुपमा एक किसिमको त्रास सिर्जना भएको छ ।

नेपाल आयल निगमका अनुसार देशभर करिब ५० लाखले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्छन् । ग्यास प्रयोग गर्ने उपभोक्ताको दैनिक केही न केही कमजोरी तथा गल्तिले ग्यास पड्किने सम्भावना हुन्छ । हालसम्म ग्यास पड्किएर ज्यान गुमाउनेको यकिन संख्या भने आधिकारीक निकायसँग छैन ।

किन पड्किन्छ ग्यास ?

एलपीजी ग्यासको सिलिण्डर पड्किनुको मुख्य कारण ग्यास लिक भएको जानकारहरु बताउँछन् । यससँगै ग्यासमा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि ग्यास पड्किने सम्भावना हुन्छ ।

यस्तै, लामो समयसम्म सिलिण्डर बिना प्रयोग गर्ने र सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्दा सिलिण्डर पड्किन सक्छ । ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।

कसरी बच्ने ? 

–सिलिण्डरलाई गुडाउनु हुँदैन ।

–भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस् ।

–एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस् ।

–सिलिण्डरलाई कहिल्यै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस् ।

–सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन ।
–सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् ।

Share News