सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ७ दिनभित्र आवेदन दिनुपर्नेछ [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि पुस २७ गते बिक्री खुला गरेको थियो । तर, संस्थापक सेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको हो ।

Share News