युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय सहकारीको एकीकृत कारोबार फागुन १० देखि

<p>काठमाडौं । विभिन्न ४ वटा सहकारी संस्थाहरुले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय बचत तथा ऋण सहकारी संस्थाले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । यी ४ वटा सहकारी संस्थाहरूको एकीकृत कारोबार पश्चात् गरिमामय बचत तथा ऋण सहकारी संस्थाको नामबाट संचालन हुनेछ । [&hellip;]</p>

काठमाडौं । विभिन्न ४ वटा सहकारी संस्थाहरुले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय बचत तथा ऋण सहकारी संस्थाले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।

यी ४ वटा सहकारी संस्थाहरूको एकीकृत कारोबार पश्चात् गरिमामय बचत तथा ऋण सहकारी संस्थाको नामबाट संचालन हुनेछ । मर्जरपश्चात् संस्थाको प्रधान कार्यालय ललितपुरमा रहनेछ ।

यस्तै, सदस्य सेवा केन्द्रहरु महालक्ष्मी नगरपालिका ८ लुभु ललितपुर, काठमाडौं महानगरपालिका १४ कुलेश्वर, कलंकी र ललितपुर महानगरपालिका १९, कुमारीपाटीमा रहनेछन् ।

बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । पछिल्लो समय सहकारी संस्थाहरुको संख्या घटाउन धमाधम मर्ज भइरहेका छन् ।

Share News