ग्याँस विष्फोट हुँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, आइसियुमा उपचार हुँदै

<p>काठमाडौं । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति गम्भीर छ । डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डा. भण्डारीको [&hellip;]</p>

काठमाडौं । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति गम्भीर छ ।

डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

डा. भण्डारीको काठमाडौंस्थित बुद्धनगर निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा पोलेर घाइते भएका हुन् । बिहीबार राती १० बजे ग्याँस पड्किएको थियो ।

Share News