ल्होत्से मलको मोबाइल पसल लुटपाट गरेको आरोपमा चार पक्राउ, को को ?

<p>काठमाडौं । ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै चार जना आरोपितलाई पक्राउ गरेको जानकारी गराएको हो । साथै, प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो । काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन [&hellip;]</p>

काठमाडौं । ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै चार जना आरोपितलाई पक्राउ गरेको जानकारी गराएको हो ।

साथै, प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो । काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं २२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायत बरामद गरेको छ। त्यस्तै, उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको छ।

Share News