
काठमाडौं । राजमार्गको छेउछाउमा रक्सीको विज्ञापन बोर्ड राख्न नपाइने भौतिक पूर्वाधार यातायात मन्त्रालयले जनाएको छ । मंगलबार पत्र प्रेषित गर्दै मन्त्रालयले राजमार्ग छेउछाउमा राखिएका मदिराजन्य विज्ञापन हटाउन सडक विभागलाई निर्देशन दिएको हो ।
राजमार्गको छेउछाउमा राखिएका मदिराजन्य विज्ञापनले चालकलाई अवरोध पुर्याउने र सडक दुघर्टना बढ्न सक्ने भन्दै मदिराजन्य विज्ञापनका सामाग्रीहरु हटाउन मन्त्रालयले निर्देशनात्मक पत्रमा उल्लेख गरेको छ ।
‘सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ मा सार्वजनिक सडकको आवागमनमा बाधापुर्या उने माल वस्तु हटाउने अधिकार सडक विभागलाई रहेकोले राष्ट्रिय राजमार्गहरुका सडक सिमाभित्र राखिएका’ मदिराजन्य विज्ञापन पन्ध्र दिनभित्र हटाउन मन्त्रालयले सडक विभागलाई पत्रमार्फत निर्देशन दिएको छ।
