काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २९ गते अग्रवाल भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।