सबैको लघुवित्तले साधारणसभा र बुकक्लोजको मिति तोक्यो

<p>काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन १ गते बसेको बैठकले फागुन २६ गते बन्दिपुर तनहुँमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन १ गते बसेको बैठकले फागुन २६ गते बन्दिपुर तनहुँमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

Share News