काठमाडौं । समृद्धि फाइनान्सले साविकको मोबाइल बैंकिङ्ग सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लिको बैंक स्मार्ट मोवाइल बैंकिङ्गमा परिवर्तन गरेको छ ।
यससँगै अब फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट एनसिएचएलको नेपाल पे क्यु आर मर्चेन्टका साथै फोन पेको क्युआर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, फाइनान्सले ग्राहकहरुलाई फोन पेको क्युआर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ ।
त्यस्तै, कम्पनीले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ ।