निलम्बन भएका सबै लाइसेन्स फिर्ता

<p>काठमाडौं । ट्राफिक प्रहरीले निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको लाइसेन्स फिर्ता हुने भएको छ । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्ताले ट्राफिकले निलम्बन गरेको लाइसेन्स आगामी फागुन ११ गतेसम्म फिर्ता दिने समझदारी भएको हो । अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारीले ट्राफिक प्रहरीले निलम्बनलका [&hellip;]</p>

काठमाडौं । ट्राफिक प्रहरीले निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको लाइसेन्स फिर्ता हुने भएको छ ।

मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्ताले ट्राफिकले निलम्बन गरेको लाइसेन्स आगामी फागुन ११ गतेसम्म फिर्ता दिने समझदारी भएको हो ।

अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारीले ट्राफिक प्रहरीले निलम्बनलका लागि सिफारिस गरेको २ सयभन्दा बढी चालकको लाइसेन्स फिर्ताको निर्णय भएको जानकारी दिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्तर्गत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाउने गरेका छ । ट्राफिकले पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि विभागमा पठाउने गरेको थियाे ।

यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए ।

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।

Share News