यातायात व्यवसायीहरु भन्छन् : भोलिदेखि काठमाडौं उपत्यकाभित्र गाडी चलाउँदैनौं

<p>काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायत मजदुरका तीन वटा संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु पुरा नभए फागुन २ गतेदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संघठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले विभिन्न १० [&hellip;]</p>

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायत मजदुरका तीन वटा संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु पुरा नभए फागुन २ गतेदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संघठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले विभिन्न १० बुँदे माग पुरा नभए भोलिदेखि नै गाडी नचलाउने बताएका छन् । आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ ।

साथै, उनीहरुले फागुन ३ गतेदेखि देशभरि आन्दोलन गर्ने समेत बताएका छन् ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो । ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका हुन् ।

यससँगै संगठनहरुले काठमाडौं उपत्यकाका यातायात श्रमिक, यातायात व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई सोही अनुसार सम्पूर्ण यातायातका साधनहरु ठप्प पार्न विज्ञप्तिमार्फत आह्वान गरेका छन् । उपत्यका बाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत रुपमा सञ्चालन हुने विज्ञप्तिमा भनिएको छ ।

Share News