ट्राफिकले आफूखुसी नियम लगाएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन, विभिन्न क्षेत्रमा चक्काजाम

<p>काठमाडौं । यातायात व्यवसायी संघले ट्राफिकले आफूखुसी नियम लगाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ट्राफिकले आफूखुसी नियम लगाई चिट काटेको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सार्वजनिक गाडीहरु बीच बाटोमा रोकेर विरोध प्रदर्शन गरेका हुन् । यातायात मजदुरहरुले बीच सडकमै सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि उक्त क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ । [&hellip;]</p>

काठमाडौं । यातायात व्यवसायी संघले ट्राफिकले आफूखुसी नियम लगाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ट्राफिकले आफूखुसी नियम लगाई चिट काटेको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सार्वजनिक गाडीहरु बीच बाटोमा रोकेर विरोध प्रदर्शन गरेका हुन् ।

यातायात मजदुरहरुले बीच सडकमै सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि उक्त क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ ।

यातायात व्यवसायीको विरोधका कारण चक्रपथ आसपासका केही क्षेत्रमा चरम ट्राफिक जाम भएको छ । साथै, आन्दोलनका कारण एम्बुलेन्सजस्ता आकस्मिक सेवा समेत प्रभावित भएकाले सर्वसाधारणलाई ठूलो समस्या परेको छ ।

ट्राफिकले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताए । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको छ ।

त्यस्तै, यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् ।मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन् । यतिबेला नेपाल प्रहरीले यातायात सुचारु गर्न प्रयास गरिहरेको छ ।

Share News