ओमिक्रोनको सबभेरियन्ट संक्रमण रोक्ने बाइभ्यालेन्ट खोप नेपाल आइपुग्यो

<p>काठमाडौं । फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोप काठमाडौं आइपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको सो खोपको ३ लाख ४५ हजार डोज सोमबार बिहान काठमाडौं आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सोमबार ल्याइएको सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा पठाइने विभागले जनाएको छ । कोभ्याक्सको [&hellip;]</p>

काठमाडौं । फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोप काठमाडौं आइपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको सो खोपको ३ लाख ४५ हजार डोज सोमबार बिहान काठमाडौं आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सोमबार ल्याइएको सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा पठाइने विभागले जनाएको छ । कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।

ओमिक्रोनको सबभेरियन्टको संक्रमण रोक्नलाई बाइभ्यालेन्ट प्रभावकारी रहेको स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

Share News