जनयु्द्ध दिवसका दिन बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक विदा दिने निणर्य गरेपनि बैकिङ सेवा सूचारु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । फागुन १ गते सरकारले सार्वजनिक विदा घोषणा गरेको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आटीजीए लगायत अत्यावश्यक बैकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । [&hellip;]</p>

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक विदा दिने निणर्य गरेपनि बैकिङ सेवा सूचारु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

फागुन १ गते सरकारले सार्वजनिक विदा घोषणा गरेको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आटीजीए लगायत अत्यावश्यक बैकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यस्तो सेवा विहान १० बजेदेखि साढे १ बजेसम्म सुचारु गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हाे। यी सेवा दिनको लागि बैंक तथा वित्तीय संस्थाका आवश्यक शाखा तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

नगद कारोबार, चेक क्लियरिङ लगायत अत्यावश्यक सेवा दिन बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखा खुला गर्नुपर्ने हुन्छ । माघ २९ गतेको मिति राखेर फागुन १ गते विहानै जारी गरेको नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

नेकपा माओवादीले २०५२ साल फागुन १ देखि जनयुद्ध थालेको थियो । संघीय गणतन्त्र स्थापनाको मुल आधार जनयुद्ध भन्दै माओवादी नेतृत्वको सरकारले पहिलो पटक फागुन १ गते सार्वजनिक विदा दिने निणर्य गरेको हो । यस निणर्यमा सत्ताधारी दलहरुकै असहमति रहेको छ भने जनस्तरमा सरकारी निणर्य विवादित बनेको छ ।

Share News