काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तको उच्च ब्याजदरले व्यवसायीले आत्महत्या गर्न थालेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुवित्तको उच्च ब्याजदरको कारण व्यवसायीहरुले आत्महत्या गर्न थालेको बताएका हुन् ।
उनले लघुवित्तकै कारण हालसम्म ४० जनाले आत्महत्या गर्नु परेको बताएका छन् ।