अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने

<p>काठमाडौं । अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो सुविधा दिएको हो । यसअघि बैंकहरुले ८ प्रतिशतको ब्याजदरमा पाउँदै आएका थिए । ‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक [&hellip;]</p>

काठमाडौं । अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो सुविधा दिएको हो । यसअघि बैंकहरुले ८ प्रतिशतको ब्याजदरमा पाउँदै आएका थिए ।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ,’ समीक्षामा उल्लेख गरिएको छ ।

Share News