एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम

<p>पोखरा । एनएमबी लघुवित्तले किसान लक्षित कार्यक्रम ल्याएकाे छ । लघुवित्तले सम्पत्ती कर्मचारी क्षमता अभिवृद्धि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम पोखरामा सम्पन्न गरेको हाे । सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखलाको कर्जाहरु सार्वजनिक गरेको छ । [&hellip;]</p>

पोखरा । एनएमबी लघुवित्तले किसान लक्षित कार्यक्रम ल्याएकाे छ । लघुवित्तले सम्पत्ती कर्मचारी क्षमता अभिवृद्धि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम पोखरामा सम्पन्न गरेको हाे ।

सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखलाको कर्जाहरु सार्वजनिक गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान श्रृंखला अन्तरगत विभिन्न कर्जाहरु ल्याइएको बताए । नाफा मुलक परियोजनाको पहिचान गरि लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनले थपे । संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ ।

किसानहरुलाई खेतियोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैंचो गरी संस्थाले यो श्रृंखला अन्तरगत पाँचवटा कर्जाहरु प्रोडक्टहरु ल्याएको जानकारी दिए ।

आगामी १५ दिन भित्र संस्थाका सबै कर्मचारीहरुलाई यस श्रृंखला अन्तरगतका कर्जाहरुको तालिम सम्पन्न गरि यो योजना पूर्ण रुपमा लागु गर्ने संस्थाले लिएको छ ।

 

Share News