साल्ट ट्रेडिङले फेब्रुअरीलाई ‘आयोडिन महिना’ को रुपमा मनाउँदै

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने भएको छ । आयोडिनयक्त नुनको कमीले सिर्जना हुनसक्ने बिकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सो अभियान सञ्चालन गरिएको कर्पोरेसनले जनाएको छ । युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि फेब्रुअरीलाई ‘आयोडिन महिना’ घोषणा गरी चेतनामुलक कार्यक्रम गरी मनाईंदै आएको छ । [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने भएको छ । आयोडिनयक्त नुनको कमीले सिर्जना हुनसक्ने बिकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सो अभियान सञ्चालन गरिएको कर्पोरेसनले जनाएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि फेब्रुअरीलाई ‘आयोडिन महिना’ घोषणा गरी चेतनामुलक कार्यक्रम गरी मनाईंदै आएको छ । आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न विकृतिहरु मध्ये ‘भिजिबल गोइटर’ सन् १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र अहिले समुदायमा सो स्वास्थ्य विकृति नदेखिएको कर्पोरेसनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन नुन उपभोग गरेको र सोही समयमा सरकारले गरेको एनडिएचएस सर्वेअनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको उपभोग गरेको पाइएको कर्पोरेसनले जनाएको छ ।

कर्पोरेसनले आयोडिन महिनामा जनचेतनामुलक गतिविधि गर्ने, पदर्शनी गर्ने र स्टल राख्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

Share News