सनराइज बैंकले बनायो चेतनामुलक भिडियो, सिआइबिलाई गर्यो हस्तान्तरण

<p>काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो बनाएको छ । बैंकिङ्ग पहुँच बढ्दै गएको अवस्थामा यसको प्रयोगसँगै सतर्कता अपनाउनु आवश्यक देखिएकोले बैंकले चेतनामुलक भिडियो बनाएको हो । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर &#8216;कुशल&#8217; नामक चेतनामुलक भिडियो बनाएको छ । बैंकले उक्त भिडियो केन्द्रीय अनुसन्धान [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो बनाएको छ । बैंकिङ्ग पहुँच बढ्दै गएको अवस्थामा यसको प्रयोगसँगै सतर्कता अपनाउनु आवश्यक देखिएकोले बैंकले चेतनामुलक भिडियो बनाएको हो ।

हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएको छ । बैंकले उक्त भिडियो केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए ।

उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

उक्त भिडियो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फत समाजमा पुर्याएर चेतना बढाउन मदत गर्ने जनाएको छ । साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् ।

Share News