आत्मदाह गरेका आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु

<p>काठमाडौं । मंगलबार बानेश्वरको संसद भवन अगाडी आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ । बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो । यस अभियानमा चर्चित मुटुरोग विशेषज्ञ ओम [&hellip;]</p>

काठमाडौं । मंगलबार बानेश्वरको संसद भवन अगाडी आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।

बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो ।

यस अभियानमा चर्चित मुटुरोग विशेषज्ञ ओम मुर्ति अनिलले उनको खातामा ५१ हजार रुपैयाँ जम्मा गर्दै सबैलाई उनको छोरीहरुको लागि सहयोग गरिदिन सामाजिक संजालमार्फत आग्रह गरेका छन् ।

‘प्रेमजी को घटनाले स्तब्ध छु, मैले क़ेही आर्थिक सहयोग गरेको छु, समस्त मित्रहरुले पनि उहाँको छोरीहरुको लागि सक्दो सहयोग गर्दिनुहोला, फोटोमा बैंक डिटेल छ,’ उनले लेखेका छन् ।

उनीसँगै धेरै मानिसहरुले उनका श्रीमतीको बैंक खातामा रकम जम्मा गरी सहयोग गर्न लागि सामाजिक संजालमार्फत अपिल गरेका छन् ।

व्यवसाय संकटमा परेर बैंकको ऋण तिर्न नसकेपछि संसद भवन अगाडि नै आत्मदाहको प्रयास (पत्रसहित)

संसद् भवन अगाडि शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन

६० लाख ऋणमा परेर आत्मदाह गरेका आचार्यको राज्यसँग २५ माग

 

Share News