काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले आफ्ना आरपिएस/कनेक्ट आइपिएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ ।
याेसँगै आरपिएस मार्फत १० हजारसम्मकाे भुक्तानी गर्दा २ रुपैयाँ र साेभन्दा २० लाखसम्मकाे भुक्तानीमा ५ रुपैयाँ काराेबार शुल्क लाग्नेछ ।
आरपिएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवंम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा उक्त शुल्क लागु हुनेछ ।
हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।